बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि क्रृरतापुर्वक हत्या गरिएको घटनाको न्यायको माग राख्दै दोगडाकेदार गाउँपालिकाले शुक्रवार शोक विज्ञप्ति निकालेको छ। उक्त पाशविक घटनाको घोर निन्दा गर्दे जघन्य अपराधको दोषीलाई अविलम्ब गिरफ्तार गरी हदैसम्मको कारबाहीको माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,–‘‘यस शोकाकुल घडीमा मृत आत्माको चिर सान्तीको कामना गर्दे शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्रदान गरुन् भनी कामना गर्दछौं।’

साथै यस दुःत घटनामा गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्था र कार्यालयहरूमा आज शोक विदारहने शोक विज्ञप्तिमार्फत जानकारी गरिन्छ।’

दोगडाकेदार गाउँपालिका –७ सनातन धर्म उच्च मावि श्री कोटमा  कक्षा १२ मा अध्ययनरत किशोरी भट्ट बुधवार बाट हराएकी थिइन्। उनको शव बिहीबार साँझ लवलेक जङ्गलमा फेला परेको हो।  शरीरका कपडा फुकालेको (नागैं अवस्थामा), शरीरमा घाउ चोटपटक रहेको, दाहीने हातमा चोट रहेको बीभत्स अवस्थामा किशोरीको शव फेला परेको थियो। उनको शव घटनास्थलमै रहेको छ। अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरी थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ। बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता थाहा पाइने बताए। उनले किशोरीको मृत शरीर बीभत्स अवस्थामा फेला परेको बताए।

प्रतिक्रिया दिनुस