बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका चडेपानिका स्थानीयले शुक्रवार बिहानै देखी किशोरीलाई न्यायको माग सहित दोषी उपर कारबाहीको माग गरेका छन्।
स्थानीयहरूले महिला हिंसा अन्त्य गर, भागरथीलाई न्याय दे, बलात्कारीलाई कारबाही गर, हत्याहिंसा बन्द गर, हत्यारालाई तुरुन्त सार्वजनिक गर। मानव अधिकार सुरक्षित गर’ लगायतका नारालगाउदै आन्दोलित बनेका छन्। दोगडाकेरमा चक्काजाम समेत गरेको स्थानीय संकर भट्टले जानकारी दिए। उनले घटनाको दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
सनातन धर्म उच्च मावि श्री कोटमा कक्षा १२ मा अध्ययनरत किशोरी भट्ट बुधवार बाट हराएकी थिइन्। उनको शव बिहीबार साँझ लवलेक जङ्गलमा फेला परेको हो। शरीरका कपडा फुकालेको (नागैं अवस्थामा), शरीरमा घाउ चोटपटक रहेको, दाहीने हातमा चोट रहेको बीभत्स अवस्थामा किशोरीको शव फेला परेको थियो। उनको शव घटनास्थलमै रहेको छ। दोषी उपर कारबाही नगरिउन्जेल शव नउठाउने आफन्तले अडान लिएका छन्। अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरी थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ। बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले पोस्टमार्टम रिपोर्टआएपछि मात्रै घटनाको वास्तविकता थाहा पाइने बताए। उनले किशोरीको मृत शरीर बीभत्स अवस्थामा फेला परेको बताए।
सम्बन्धित समाचार —
बैतडीमा किशोरी हत्याप्रकरण : दोगडाकेदारले निकाल्यो शोक विज्ञप्ति, विद्यालय बन्द
बैतडीमा किशोरी हत्या प्रकरण : अनुसन्धानमा तालिम प्राप्त कुकुरको प्रयोग
बैतडीमा १७ वर्षीय किशोरीको बलात्कार पछि हत्या, अनुसन्धानका लागी कुकुर परिचालन गरिँदै