बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको छ। शुक्रवार नागरिक समाज
कञ्चनपुर र नेपाल महिला सङ्घले प्रमुख जिल्ला अधिकारी रामकुमार महतो मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन्।
No description available.
नागरिक समाज कञ्चनपुरकी संयोजक मिना भण्डारीले किशोरी भट्टको बीभत्स तरीकाले लबदेव सामुदायिक वनको जङ्गलमा बलात्कार पछि बीभत्स अवस्थामा शव फेला परेको  घटनामा निष्पक्ष तरीकाले छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दे प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको बताइन्। उनले पछिल्लो समय बालिकामाथि बलात्कार पछि हत्याका घटना बढ्दै गइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न प्रशासन सँग माग गरिन्।
उनले भनिन्–‘पछिल्लो समय किशोर–किशोरी लागु औषधमा फस्दै गएका घटना बढ्दै गएका छन्, जसले बालिकाहरू झन् असुरक्षित बन्दै गएकाले बलात्कार पछि हत्याको कारण पत्ता लगाइनुपर्छ।’ कारण पत्ता नलाइए  समस्या विकराल बन्दै जाने भन्दै उनले चिन्ता व्यक्त गरिन्।
यस्तै नागरिक समाज कञ्चनपुरकी सदस्य एवम् महिला अधिकारकर्मी शारदा चन्दले कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तले अझै न्याय नपाएको, ३ वर्ष देखी १७ वर्ष उमेर समूहका बालिका बलात्कार मानसिकता भएका व्यक्तिको चपेटामा परेको भन्दै प्रशासनले चनाखो बन्नु पर्नेमा जोड दिइन्। उनले बैतडीकी किशोरी भागरथीका हत्यारा पत्ता लाई हदै सम्मको कारबाहीको माग गरिन्।
No description available.
यस्तै नेपाली महिला सङ्घ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले यस अमानवीय घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गरिन्।  ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले किशोरी भागरथीको बीभत्स हत्या प्रकरणमा दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार कटिबद्ध भएर लाग्ने विश्वास दिलाए।
No description available.
उनले ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा पठाइएको जानकारी  दिए। फरक प्रसङ्गमा प्रमुख जिल्ला अधिकारी महतोले कञ्चनपुरकी निर्मला हत्या प्रकरणको अनुसन्धान भइरहेकाले दोषीलाई जतिसक्दो चाँडो कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आदेश दिइएको बताए।
प्रहरीले घटनाको गाम्भीर्यतालाई ध्यानमा राखेर सोहीअनुसार अनुसन्धान भइरहेको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशी र सरकारी वकिल कार्यालयका न्याधिवक्ता भानदेव जोशी पनि घटनास्थल पुगेका छन्। प्रहरीकै आग्रहमा उनीहरू समेत घटना पुगेका हुन्। शवको परीक्षण, बलात्कारपछि हत्या भएको आशङ्कामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाब लगायतका अन्य आवश्यक नमूना सङ्कलन गर्न प्रहरीले डाक्टरलाई घटना स्थलमै बोलाइएको जनाएको छ।
प्रतिक्रिया दिनुस