भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल)ले कञ्चनपुरमा एक बालीकाको मृत्यु भएको छ। जिल्लाको भीमदत्तनगरपालिका–१५ गोबरीयाकी १३ वर्षीया करुणा चन्द माघ १२ गते भाइरल बन्न स्टुलमा चढेर पङ्खाको डोरीमा बेह्रिएर मृत्यु भएको हो।
उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बालीकाले घरमा कोही नभएको बेला टिकटक बनाउन पङ्खामा डोरी बाधेको र सोही क्रममा डोरी घाटीमा नै बेरिँदा उनको मृत्यु भएको बताए।
प्रतिक्रिया दिनुस