नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्न लागेका हुन् । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जानकारी दिएको छ । कांग्रेसले दोस्रो चरणमा कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुस