कञ्चनपुरमा दुई हजार एक सय एक जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। कोरोना विरुद्धको खोप अभियानको आज अन्तिम दिन सम्म २ हजार १ सय १ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो।
जसमध्ये शुक्रवार वृद्धाश्रम बन खेतमा ५८ जना बृद्धबृद्धा र रौटेलामा १९ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका कोल्टिन निरीक्षक जनक कुवरले जानकारी दिए। त्यस्तै जिल्ला कारागारका ३ सय ३० जना कैदी र कर्मचारीलाई पनि खोप लगाइएको उनले बताए। कञ्चनपुरमा नौ वटै स्थानियतहमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहक गरी २१ सय १ जनाले खोप लगाएका छन्।
शनिवार बेलौरी प्रार्थमीक स्वास्थ्य केन्द्र र श्रीपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाइ खोप लगाइने उनले बताए। कञ्चनपुरमा २ हजार ८ सय २० डोज खोप पठाइएको थियो । स्वास्थ्य कार्यालयका कोल्टिन निरीक्षक कुँवरले स्वइच्छाले खोप लगाउन चाहेका फ्रन्टलाइनमा खटिएकालाई खोप लगाइएको जानकारी दिए।  यो सँगै कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान सम्पन्न हुने उनले बताए।
प्रतिक्रिया दिनुस