कञ्चनपुरको जनजागरण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भरत साउद निर्विरोध चयन भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –१२ दुवाहा वसन्तपुर स्थित जनजागरण सामुदायिक वनको ५ औँ अधिवेशन बाट साउद अध्यक्षमा निर्विरोध चयन भएका हुन्।  साउँदको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।
नयाँ समितिको उपाध्यक्षमा रतन सिंह ढुङगाल छन् भने सचिवमा शोभा बोहरा चयन भएकी छन्। यस्तै सह सचिवमा लीला ढुङगाल र समितिको कोषाध्यक्षमा दमन्ती भण्डारी चयन भएकी छन्। नयाँ समितिको सदस्यहरूमा धनमती साउद,मोहन सार्की लगायत रहेका छन्। सामुदायिक वनका पुर्व अध्यक्ष कम्मान ऐरको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बाले राना रहेका थिए।
कार्यक्रमको विशिष्ट अतिथिमा शुक्लाफाँटा नगरपालिका डिभिजन वन कार्यालयका प्रमुख कर्ण मल्ल रहेका थिए। सामुदायिक वनका पुर्व कोषाध्यक्ष कृष्ण महराले कार्यक्रमको सञ्चालन गरेका थिए ।नेपाली काँग्रेसका नगर उपसभापति धौल सिंह महरा,शिव शक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकराज पन्त लगायत सर्वसाधारणको कार्यक्रममा उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुस