बैतडीको पुर्चाैडी नगरपालिकामा आफ्नै छोरीमाथी बुवाले गोली चलाएका छन। पुर्चौडी नगरपालीका वडा नं १० महरा गाँउका धन सिह महराले आफ्नै बिवाहीत २० बर्षिय छोरी बेलमती धामीलाई गोली हानी हत्या गरेका हुन। उनको घटनास्थलमै मृत्यु भएको पुर्चाैडी स्थित पुरघाट प्रहरी चौकीले जनाएको छ ।
उनको घाटीमा गोली लागेको छ। गोलीहानी महरा फरार रहेका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुशन्धान भइरहेको बैतडीका प्रबक्ता जनक सिह धामीले जानकारी दिए।
प्रतिक्रिया दिनुस