लागु औषध ब्राउन सुगर सहित कैलालीका २ जना पक्राउ परेका छन। सशस्त्र प्रहरीको टोलीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बाट ब्राउन सुगर सहित कैलालीको घोडाघोडी नगरपालिका -१ सुख्खडका २२ बर्षीय गोरखबहादुर बोगटी र बर्दगोरीया गाउँपालिका –३ बौनियाका अन्दाजी २३ बर्षीय शारदा बिकलाई पक्राउ गरेको हो।

बा ६८ प ३१६९ नंम्बरको मोटरसाईकलमा सवार उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर, नगद ४ हजार, बैँक चेक, ३ थान मोवाईल, झोला र भारतीय सिम कार्ड बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर शैलेश्वरी कञ्चनपुर मातहतबाट खटिएको टोलीले बनकुरुवा सहायक सीमा स्तम्भ नं. ७८३÷२ नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले बताए।

प्रतिक्रिया दिनुस