फाइल।

कैलालीमा जीप दुर्घटना हुदा ६ जना घाईते भएका छन्। जिल्लाको चुरे गाउँपालिका गर्भा दरवारबाट अत्तरिया तर्फ आईरहेको से १ ज ९८१ नम्बरको चौतारी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जना घाईते भएका हुन।

घाइते हुनेमा गौरीगंगा नगरपालिका – २ का ४५ बर्षीय हर्क सलामी, सोहि ठाउँका २५ बर्षीय पुष्प राज भट्ट, २७ बर्षीय केशव साउँद, चुरे गाउँपालिका – ४ का ५२ बर्षीय नन्दा देवी गौतम, सोहि ठाउँका ४१ बर्षीय दुर्गा प्रसाद रिजाल र २० बर्षीय नरेन्द्र चन्द रहेका छन । घाईते मध्य हर्क सलामीको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनिहरुको अत्तरीयामा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस