कञ्चनपुरमा नक्कली नोट बनाउने उपकरणसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पुनर्वास नगरपालिका ६ बस्ने वर्ष ४५ का रमेश खाती र काठमाडौ महानगरपालिका १४ बौद्ध बस्ने ३३ वर्षका विष्णु भट्टलाई नक्कली नोट बनाउने उपकरणसहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाको बेलौरी नगरपालिका १० भुराबाट गस्तीमा रहेको प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न उपकरणसहित उनिहरुलाइ पक्राउ गरेको हो। नेपाल भारत सीमा नजिक नेपाल तर्फ आउने क्रममा उनीहरुलाई चेकजाँचको क्रममा पक्राउ गरीएको डिएसपी थापाक्षेत्रीले जानकारी दिए।

उनीहरुको साथबाट नक्कनी नोट बनाउने काँचको पाटा, हजारको नोट थान १, ५ सयको नोट थान २, विभिन्न साइजका कागज थान ३८० र केमिकल जस्तो रंगसहित २ वटा स्टीलको थाल प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुस