सुुदूरपश्चिम प्रदेश कैलाली कञ्चनपुरमा बसोबास गर्ने ‘राना समुदाय’ छुट्टै आदिवासी जनजाति महासंघमा सूचिकृत भएसंगै हर्षित भएका छन । लामो समयदेखि तराईका कैलाली कञ्चनपुरमा राना थारु समुदाय बसोबास गर्दै आएका थिए । तर, सरकारले उनीहरुलाई आदिवासी जनजाति समुदायमा सूचिकृत गरेको थिएन । सरकारी निकाय र अधिकाँसको बुझाई राना र चौधरी लगायतको समुदाय एकै थारु भएको धारणाले राना समुदाय पछि पर्दै आएको राना समुदायको अगुवाहरुको भनाई छ ।

 

राना समुदाय पुवनर्वासका अगुवा फुल्लन रानाले कैलाली कञ्चनपुरमा बसोबास गर्दै आएका राना समुदाय आदिवासीमा सूचिकृत नहुँदा राज्यका हरेक सरकारी निकायमा अन्य थारु समुदायले लाभ लिएकाले राना समुदाय पछाडी परेको बताए । ‘हामीले यो विषयमा सरकारलाई बुझाउन नसक्दा राज्यका निकाय हामी पछि पर्दै आएका थियौँ, ‘उनले भने, ‘लामो संघर्षपछि सरकारले हाम्रो समुदायको पीडा बुझ्यो ।’ गत बर्ष सरकारले कैलाली कञ्चनपुरमा रहेका राना समुदायलाई छुट्टै आदिवासी जनजातिमा सूचिकृत गरेको थियो । लामो संघर्ष पछि राना समुदायलाई छुट्टै आदिवाजी जनजातिमा सूचिकृत गरेको खुसियालीमा शुक्रबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा सूचिकृत दिवस मनाईएको छ ।

 

राना थारु उत्थान समन्वय मञ्च पुनर्वासले सूचिकृत दिवस मनाउँदै खुसियाली बनाएको हो । राना थारु उत्थान समन्वय मञ्च पुनर्वासका अध्यक्ष धोखे रानाले लामो संघर्षपछि सूचिकृत गरिएको बताए । ‘हामीले कैलाली कञ्चनपुरका राना थारु समुदायको सूचिकृतका लागि बषौँदेखि सरकारलाई ज्ञापन पत्र बुझाउँदै आए, ‘उनले भने, ‘ढिलै भएपनि सरकारले हाम्रो समुदायलाई सुचिकृत ग¥यो ।’ अध्यक्ष रानाले गत २० माघ ०७६ मा सरकारले निर्णय ग¥यो, २३ माघमा सूचना तथा संचार मन्त्रालयले सार्वजनिक गरेको दिवसको अवसर पारेर पुनर्वासमा सूचिकृत दिवस मनाएको बताए । सूचिकृत दिवसका अवसरमा राना थारु बाल विवाह रोकथामकका अभियन्ता पदम रानाले फागुनी छात्रबृति समेत प्रदान गरेका छन ।

 

भने पुनर्वास राना थारु अक्षयकोष समेत स्थापना गरिएको छ । फागुन उपन्यासका लेखक एव राना थारु समाजिक अभियन्ता पदम रानाले राना समुदायकी विपन्न बालीका राधिका रानालाई छात्रबृति प्रदान गरेका छन । उनले चन्द्रा बाल विद्यालय कक्षा ३मा अध्ययनरत टुहुरी बालिका राधिकालार्इू ३ हजार १सय ५०रुपैया बराबरको छात्रबृति प्रदान गरेका हुन । ‘सिङ्गो समुदायको शिक्षा बिना उत्थान हुँदैन, ‘उनले भने, ‘समुदायको हितका लागि अध्ययनमा टेवा पु¥याउन छात्रबृति प्रदान गरेको हुँ ।’ आगामी बर्षहरुमा समेत छात्रबृतिको रकम बृद्धि हुँदै जाने उनले बताए । यस्तै पुनर्वासमै राना समुदायका बालबालिकाको शैक्षिक विकासका लागि ‘पुनर्वास राना थारु अक्षयकोष समेत शुभारम्भ’ गरिएको छ ।

 

सूचिकृत दिवसको अवसमा राना समुदायका बालबालिकाको शैक्षिक स्तबृद्धिका लागि यस बर्षदेखि अक्षयकोष स्थापना गरिएको अध्यक्ष रानाले बताए । यस बर्ष पुनर्वास जनता मावि कक्षा ११ मा अध्ययतरत रिता रानाले ३ हजार १ सय ५० रुपैया छात्रबृति पाएकी छिन । नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरकी निर्वतमान अध्यक्ष प्रेमबती रानाले समुदायको उत्थानका लागि शिक्षामा जोडदिनुभयो । ‘यदी हामी हाम्रो समुदायको उत्थानका लागि काम गछौँ, भने हामीले शिक्षामा जोडदिनुपर्छ सबै अभिभावकले आफ्ना सन्ततिलाई विद्यालय पठाऔँ ।’ राजनीतिक आर्थिक र समाजिक रुपमा राना समुदायको उत्थानमा जोडदिईन । प्रेमबतीले सूचिकृत संगै राना थारु समुदायको लोक संस्कृतिको संरक्षण गर्नुपर्ने सुझाव दिईन ।

 

नेपाल राना थारु समाज कैलाली कञ्चनपुरका उपाध्यक्ष ओम प्रकास रानाले राना समुदायका लागि ऐतिहासिक दिन भएको बताउदै उनले सिङ्गो राना समुदाय हर्षित भएको बताए । उपाध्यक्ष रानाले सरकारले राना समुदायका ध्यान दिईरहेको बताउदै भाषा बारे ब्याकरण समेत निर्माण गरिरहेको बताए । ‘आगामी जनगणनामा हाम्रो छुट्टै गणना हुन्छ, ‘उनले भने, ‘समाज सिङ्गो राना समुदायको उत्थानका लागि लागि परेको छ ।’ लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले सूचिकृत पहिलो खुटकिलो भएको भन्दै कार्यान्वयनमा जोडदिए । ‘हामीले राना समुदाय सूचिकृतका लागि ०५८ सालदेखि निरन्तर सरकारलाई घचघच्याउँदै आए, ‘उनले भने, ‘आज आएर बल्ल सरकारले हाम्रो समुदाय सूचिकृत गरिदियो ।’

 

सिङ्गो राना समुदायको उत्पादनका लागि विभिन्न आन्दोलनमा साहत प्राप्त गरेका राना समुदायका सहिद वेपत्ता परिवार एव अपाङ्गको राज्यले सम्मान गर्नुपर्नेमा जोडदिए । लालझाडी गाँउपालिका प्रमुख बडायकले ०३३ अघि कैलाली कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायसंग नागरिकता समेत नभएको सन्दर्भमा आफुहरुकै पहलमा नेपाली नागरिकता प्राप्त भएको बताए । ‘कुनै काल खण्डमा हामी राना थारु समुदायसंग नेपालको नागरिकता समेत थिएन, ‘उनले भने, ‘आज आएर सरकारले हाम्रो समुदायलाई बल्ल राम्रो दृष्ट्रिकोणबाट हेरिरहेको छ ।’ लालझाडी गाँउपालिका प्रमुख बडायकले पालिका तर्फबाट राना समुदायको बृद्धि विकासका थुप्रै योजना कार्यान्वयनको चरणमा अघि बढेको बताए ।

 

पुनर्वास नगरका मेयर जिवन थापाले राना समुदायको उत्थान ऐेतिहासिक लोक सस्कृति कला साहित्य संरक्षणमा जोडदिदै स्थानीय सरकारका तर्फबाट सहयोग गने बचन दिए । राना समुदायका सुदूरपश्चिम प्रदेश सभा सदस्य श्याम लाल रानाले आदिमकालदेखि (कैलाली कञ्चनपुर)मा बस्दै आएका राना थारु समुदायलाई सरकारले पहिल्यै सम्मान गर्नुपर्ने भएपनि ढिलो गरि सूचिकृत गरेको बताए । प्रदेश सभा सदस्य रानाले राना सामुदायको प्रदेश मात्र नभई नेपालकै बिशिष्ठ प्रकृतिको भाषा, धर्म संस्कृति भएकाले सुप प्रदेशमा रहेका राना समुदायको संस्कृति संरक्षणका साथै शिक्षामा जोडदिईने बताए । कैलाली कञ्चनपुरमा झण्डै ३ लाख राना थारु समुदाय रहेका छन ।

प्रतिक्रिया दिनुस