क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा दुर्गालक्ष्मी बहुमखी क्याम्पसका विद्यार्थीले तालाबन्दी गरेका छन। क्याम्पसको स्नातक तह तेस्रो बर्षका विद्यार्थीहरुले परीक्षा केन्द्र कञ्चनपुरको गुलरियामा तोकिएको बिरोधमा आज एक बिज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन।

कैलालीको खानीडाँडाँ, बुढितोला, चौमाला लगायतका अन्य ठाउबाट गुलरिया सम्म पुग्न टाढा भएकोे भन्दै त्रिभुवन विश्वबिद्यालय अन्तरगतका विद्यार्थीहरुले कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन। बिद्यार्थीहरुले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरिया कैलालीलाई शुक्रबार परिक्षा केन्द्र नसारी यथावत राख्न माग गर्दै निबेदन पनि बुझाएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

परिक्षा केन्द्र नसार्न दबाब दिदा दिदै पनि केन्द्र सारि बिद्यार्थीहरुको भविष्य माथि नै खेलवाड गरेका कारण आज तालाबन्दी गरेको बिद्यार्थीहरुले बताएका छन् । परिक्षा केन्द्र यभावत नगरे परिक्षा नै वहिष्कार गरी अरु जुनसुकै संघर्ष गर्न पछि नहट्ने जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । उता क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाका प्रमुख ईश्वरी दत्त पन्तले त्रिभुवन विश्वबिद्यालयको परीक्षा बोर्डले नै केन्द्र सार्ने निर्णय गरेको बताए ।

उनले केन्द्रले गरेको निर्णयअनुसार परिक्षा केन्द्र गुलरिया नै हुने जनाए । “केन्द्रको अधिकार हो, हामीले यहाबाट बिद्यार्थीहरुले निकालेको सुचना र उहाहरुका माग सम्बोधन गर्न सकिदैन् र यसलाई फेरबदल पनि गर्न सक्दैनौ ।” उनले भने । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विद्याविद्यालय अन्तरगत गईसकेकाले त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतमा रहेको गुलरीयाको कञ्चन बहुमुखी क्याम्पसमा परीक्षा सारेको बताए । त्रिभुवन विश्वविद्यालयले आफ्नो विद्यार्थीको परीक्षा सुदूरपश्चिम विद्याविद्यालय अन्तरगतको क्याम्पसमा गर्न नमिल्ने भएकाले गुलरीयामा परिक्षा केन्द्र तोकेको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाका प्रमुख पन्तले जनाए । त्रिभुवन विश्वविद्यालयले यहि माघ २७ गते देखी स्नातक तह बिए तेस्रो बर्षको परिक्षा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुस