बैतडीकी १३ वर्षीया किशोरीको न्यायको माग राख्दै डडेल्धुराका विद्यार्थी सडकमा उत्रिएका छन्। भागरथी हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै डडेल्धुरा बुहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।
दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित क्याम्पसबाट नाराबाजी गर्दै तुफानडाँडा पुगेका उनीहरुले भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरेका छन्।
भागरथी हत्याको घटनाको सुक्ष्म तरीकाले अनुसन्धान भईरहेको जिल्ला गत बुधबार विद्यालयबाट नफर्केपछि खोजी गर्दा बिहीबार शरीकका कपडा फुकालेको, घाँटी निमोठेको, शरीरमा घाउ चोटपटक रहेको अवस्थामा लवलेक सामुदायिक वनमा भागरथीको मृत शरीर फेला परेको थियो। उनको न्यायको माग राख्दै बैतडी, संघिय राजधानी, कैलाली, लगायत विभिन्न क्षेत्रमा स्थानियहरु आन्दोलीत भएका छन्।