कञ्चनपुरमा विद्युतीय तारको पासोमा परेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्तनगरपालिका –१० तिल्केनीमा छाडा पशुचौपायाबाट हिउँदे बाली जोगाउन खेतबारीमा ओछ्याइएको विद्युतीय पासोमा परेर १८ वर्षिय अनिल लुहारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापा श्रेत्रीका अनुुसार आइतबार तिल्केनी बस्ने शिव लुहारको १८ वर्षिय छोरा अनिल लुहारको सो विद्युतीय पासोमा परेर मृत्यु भएको हो। लुहारको हात र घाँटीमा पोलेको जस्तो देखिएको र थप अनुसन्धान जारी रहेको उनले जनाए।

प्रतिक्रिया दिनुस