बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको न्यायको माग राख्दै कञ्चनपुरमा विद्यार्थीहरु आन्दोलित भएका छन्। सोमबार महेन्द्रनगरको भासी हुँदै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी विद्यार्थीहरूले नारा जुलुस गर्दे भागरथीलाई न्यायको माग गरे।
‘‘सिडिओ साब गुड मर्निङ, उज्यालो भो किन उठ्नु भएन, कि हामीलाई पनि भागरथी झैँ गरी गर’ हैन भने न्याय दे’ लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरिरहेका छन्।  बैतडीको दोगडाकेदार गाउँपालिका –७ कि १७ वर्षीया भागरथी गत बुधवार विद्यालयबाट हराएकी थिइन्। खोजीका क्रममा उनको शरीरका लुका फुकालेको, घाँटी निमोठेको, शरीरमा घाउ चोटपटक रहेको अवस्थामा लबलेक जङ्गलमा बिहीबार साँझ मृत शरीर फेला परेको थियो।
प्रतिक्रिया दिनुस