बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणको दोसी अझै पत्ता लाग्न सकेको छैन्। शब भेटिएको आज ५दिन पुगेपनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन्। प्रहरीले अनुसन्धानका लागि सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ।

घटनाको प्रकृति हेर्दा बलत्कार पछि हत्या भएको भनिएपनि पोष्टमार्टम रिपोर्ट अझै आएको छैन्। शबको पोष्टमार्टम रिपोर्ट आज आउनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यता भागरथीका आफन्तले भने घटनाको दोसी पत्ता नलागे सम्म शब नबुझ्ने जनाएको छ । भनगरथिको शब जिल्ला अस्पतालको शबगृहमा राखिएको छ ।

घटनाको विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत हिजो बैतडी पुग्नुभएको छ । तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुस