प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। पार्टी विभाजित भएपछि आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गर्न मंगलबार प्रधानमन्त्री ओली पार्टीका पदाधिकारीको टोलीसहित निर्वाचन आयोग पुगेका हुन्।

उक्त टोलीमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, पार्टी कार्यालयका सचिव ईश्वरी रिजाल लगायत रहेका छन्। कार्यलय सचिव रिजालले आफूहरु सरकारको नभइ पार्टी विवादको विषयमा छलफल गर्न निवाचन आयोग आएको जानकारी दिए।

प्रतिक्रिया दिनुस