कैलालीको अत्तरिया स्थित तेघरीमा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन्। गोदावरी नगरपालीका वडा नम्बर २ महरा कटानका स्थानियले धारामा पानी नआएको भन्दै मंगलबार बिहान खानेपानी कार्यालयमा तालाबन्दी गरेका हुन्।

धारामा खानेपानी नआएको एक हप्ता भन्दा बढि बित्न लाग्दा पनि सम्बन्धित निकाय मौन बसेपछि खानेपानी कार्यालयमा ताला लगाउन बाध्य भएको स्थानिय सुरेश महराले बताए। खानेपानी उपभोक्ता समितिले व्यवास्ता गर्दा खानेपानीको अभाव भएपछि टोलका स्थानिय कार्यालय सम्म पुग्नु परेको उनले जनाए। मासिक रुपमा खानेपानीको महसुल तिर्ने गरेको भए पनि समयमै धारामा खानेपानी नआएको र खानेपानी उपभोक्ता समितिको चरम लापरवाही देखिएको अर्का स्थानिय एल आर ओझाले बताए। टोलमा रहेको कृष्ण आधारभुत बिद्यालयमा समेत खानेपानी नआउदा बिद्यार्थीहरु खानेपानीबाट बञ्चीत रहेको उनले बताए।

तेघरीको महरा कटानलाई खानेपानी कार्यालयले सौतेनी आमाको छोरा जस्तै व्यवहार गरेको स्थानियको आरोप छ। समस्या सामाधान नभए सम्म कार्यालयमा लगाएको ताला नखोलिने उनीहरुले बताएका छन्। उता खानेपानी उपभोक्ता समितिका अध्यक्ष टिका दत्त जोशीले हिजो मोटर जलेको कारणले धेरै ठाउमा पानी बन्द भएको बता । “पानि सुचारुको लागी आज पनि प्राबिधिक कामका खटिएका छन् ।” उनले भने “आज पनि यहाका प्राबिधक पाईप लाईन बनाउन खटिएका छन्, यदि त्यो बनेन भने फेरी महेन्द्रनगरबाट मिस्त्री बोलाउनुपर्ने हुन्छ । मिस्त्री बरेली गएकाले चार दिनको समय लाग्ने छ।” तर एक हप्ता सम्म पानी नआएको बारेमा भने आफुलाई जानकारी नभएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोशीले बताए।

प्रतिक्रिया दिनुस