बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै अछामका युवाहरू आन्दोलित भएका छन्। मंगलबार मंगलसेन नगर युवा सञ्जाल र मञ्जु श्री असहाय संरक्षण केन्द्र अछामले विरोध प्रदर्शन गर्दे न्यायको माग गरेको हो।
प्रदर्शनका क्रममा ‘बलात्कारीलाई सार्वजनिक गर, बलात्कारीलाई फासि दे, शान्ति सुरक्षा कायम गर, महिला हिंसा बन्द गर’ लगायतका नारा लगाउँदै न्यायको माग गरे।  युवाहरूले अछाम बहुमुखी क्याम्पसदेखि बैराखी धारा हुँदै खुलामञ्चमा कोणसभाको आयोजना गरेका थिए। मंगलसेन युवा सञ्जालका अध्यक्ष जगत भण्डारीले भागरथीलाई न्यायको माग गरे। उनले हत्या हिंसा न्यूनीकरणमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।
No description available.
स्थानीय सञ्चारकर्मी दिपा भण्डारीले महिला राष्ट्रपति भएको मुलुकमा हामी नारै सुरक्षित रहेका गर्वका भन्ने दिन कहिले आउला भनेर प्रश्न गरिन। यदि मुलुकमा कानून छ भने पूर्ण रूपमा कार्यान्वयनको माग गरिन्। उनले भागथीका हत्यारा शीघ्र पत्ता लगाइ कानूनिक दायरामा ल्याउन माग गरिन्।
No description available.
प्रतिक्रिया दिनुस