नेकपा बिभाजनपछि नखुलेका कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र बिष्ट ओली समूहमा खुलेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुलेका हुन्। उनलाई फकाउन नेकपा प्रचण्ड नेपाल समूहले निकै कोसिस गरेको थियो।मेयर सुरेन्द्र बिष्ट हिजो साँझदेखि नेकपा ओली समूहमा खुलेका हुन्। त्यस्तै डडेल्धुराको अमगरढीका मेयर विश्वेश्वरप्रसाद ओझा (बिपिन) पनि नेकपा ओली समूहमा लागेका छन्।

दुई जना मेयर थप आफ्नो पक्षमा खुलेपछि सुदूर पश्चिम प्रदेशमा नेकपा ओली समूह उत्साहित भएको छ। सुदूर पश्चिमका ८८ तहमध्ये ४८ तहमा नेकपाका प्रमुख थिए । यतिबेला नेकपा ओली र नेकपा माधव प्रचण्ड समूहबीच स्थानीय तहमा कडा टक्कर छ। २३र२३ तहमा दुबै समूहमा प्रमुख छन्। उपाध्यक्ष तथा उपमेयर भने ओली समूहमा बढि छन्। दुई जना प्रमुख अझै खुलेका छैनन्।

प्रतिक्रिया दिनुस