कञ्चनपुरमा महिला संग अनैतिक सम्बन्धमा र अभद्र व्यवहार गरेको आरोपमा महिला सहित एक जना पुरुष पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ का स्थानीय विनोद नेपालीले परपुरुष सँग श्रीमतीले कोठामा समय गुजारेको थहापाएपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेको बताए ।
नेपालीले ३८ वर्षीया श्रीमती र विवेक लम्सालले उल्टै आफूमाथि अभद्र व्यवहार गरेपछि प्रहरीमा दिएको जाहेरीका आधारमा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
विवेक लम्साल संग विगत देखि नै अबैधसम्पर्कमा रहेकी श्रीमतीलाई सोमबार साँझ कोठामा भेटेपछि उनले उजुरी दिएको बताए।
पक्राउ परेका विवेक लम्साल र बिवाहित नेपाली नेकपा विप्लव पार्टीमा समेत रहेको स्थानियले बताएका छन ।
विवेक लम्साल नेकपा विप्लव पार्टीका कञ्चनपुर जिल्ला सदस्य तथा वेलौरी वेल्डाडीका गाँउपालिकाको सेक्रेटरी समेत रहेको बताए । नेकपा विप्लव पार्टीको आफुलाई नेता भनेर धम्काएर विगतदेखि चन्दा असुली गरेर दुख दिएको एक स्थानियले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले म्याद थप गरी अनुसन्धान भइरहेको बताए। पक्राउ परेका विवेक लम्सालाई आवश्यक कारबाही गरिने बताए।