बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याभएको ७ दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेका छ्रैनन्। भागरथी भट्टको शव अझै अस्पतालमै राखीएको छ। उनका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन्।

सोमवार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न परिवारजनसंग आग्रह गरेको थियो। घट्नाको ७ दिनबित्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै मृतकका आफन्त जनले शव बुझ्न अस्वीकार गरे। मृतक भट्टका काका शिवराज भट्टले हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने बताए। मृतक भागरथीको शव बैतडी अस्पतालको शव गृहमा राखिएको छ।

सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत ्। दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो। बुधबार विद्यालय गएकी भारगरथीको बिहीबार साँझ गाउँ नजिकको वनमा शव फेला परेको थियो।

प्रतिक्रिया दिनुस