बैतडीकी १७ वर्षीया किशोरी भागरथीको न्यायको माग राख्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। बलत्कारी र हत्यारालाई कडा भन्दा कडा कार्बाहीको माग सहित नेविसंघ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयका सिडीयो मार्फत बुधवार गृह मन्त्रालय लाई ज्ञापनपत्र बुझाएको हो।

दोसि लाई तत्तकाल खोजि गरि कार्वाहि को माग गर्न ज्ञापनपत्र बुझाएको नेविसंघ डडेल्धुराका कार्यावाहक अध्यक्ष हरिश महराले जानकारी दिए। गत बुधबार मात्र स्कुल पढ्न गएकि भागरथिको स्कुल नजिकैको लपलेक वनमा मृत्यु अवस्थामा भेटिएकि थिईन्। अध्यक्ष महरले भने “आज महिलाहरूलाई निर्मला पन्तको दर्दनाक घटना लिएर भागरथी भट्टको घटनाले गर्दा महिलाहरु दिउसै असुरक्षित महसुस गरिरहेका छन्। सरकारको लापरवाहीले गर्दा यो घटना निर्मला पन्त जस्तै नहोस भागरथी , निर्मलाले न्याय पाउन।’

प्रतिक्रिया दिनुस