सुदूरपश्चिम प्रदेश(कैलाली–कञ्चनपुरमा) प्रथम सुदूरपश्चिम लिग प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम फुटबल लिग प्रतियोगिता हुने भएको हो । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को कार्यपालिका अनुरूप २०७६ सालमा जिल्ला लिग च्याम्पियन दुवै जिल्लाका उत्कृष्ट टिमबिच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल महेन्द्रनगरको खुला मञ्च र समापन कैलाली धनगढीमा हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका महासचिव अमृत शाहले गत वर्ष लिग च्याम्पियन टिमबिच लिग खेल हुने बताए ।

नेशनल लिगको तयारीका लागि टिम छनौट जस्तै खेल हुने बताउँदै महासचिव शाहले जिल्लाबाट विजेता टिमले ‘एन्फा प्रिन्सिडेन्ट कप’मा सहभागी हुन पाउनेछ । कञ्चनपुरबाट दिपज्योती युवा क्लब र कैलालीबाट निसर्ग स्टारसिटी युवा क्लबबिच ‘होम एन्ड अवेय’ प्रतियोगिता हुनेछ । सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले एन्फामा आबद्ध भएका जिल्लाबाट मात्रै प्रतियोगिता गराएर टिम छनौट गरिने बताए ।

बुधवार एक कार्यक्रमका बिच कञ्चनपुरको दिपज्योति युवा क्लबका तर्फबाट अध्यक्ष गणेश धानुक, टिम क्याप्टेन विकास सिह महता कैलालीको निसर्ग स्टार सिटी यूथ क्लबका तर्फबाट अध्यक्ष कुमार ब. शाही टिम क्याप्टेन कुँवेर सिंहले टिसर्ट प्रस्तुत गरेका थिए । दिपज्योती युवा क्लबका अध्यक्ष गणेश धानुकले प्रतियोगिताका पुरै तयारी पुरा भएको बताए । अध्यक्ष धानुकले भीमदत्त नगरपालिका ७ नम्बर वडा कार्यालय, भीमदत्त नगरपालिका र सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले सहयोग गरेको बताए । फुटबल सङ्घ कञ्चनपुरका अध्यक्ष गणेश चन्दले प्रतियोगिताबाट एन्फाबाट तीन लाख सहयोग आउने बताए । प्रतियोगितामा विजेता टिमलाई उचित सम्मान गरिने छ ।

प्रतिक्रिया दिनुस