बैतडीको दुर्गम सिगास गाउँपालिकाको वडा नम्बर ४ स्थित ओखलसैनीमा सडक पुगेको छ। ओखलसैनीमा सडक पुगे सँगै यहाका नागरिक हर्षित भएका छन। पहिलोपटक सडक पुगे सँगै ओखलसैनीमा उग्रतारा यातायात को म १ ज २१० नम्बर प्लेट को जिपगाडी पुगेको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका हुदै ढुँङ्गाडबाट गर्जे जोड्ने सडक खण्ड ओखलसैनीमा पुगेको हो।

हरेक क्षेत्रबाट पिछडिएको सिगास गाउँपालिकाको वडा नम्बर ४ को ओखलसैनीमा सडक पुगे सँगै स्थानीय निकै हर्षित भएका हुन। जोखिम मोलेर ओखलसैनीमा सडक पुगे सँगै स्थानियले सडक पुर्याउन सहयोग गर्ने ढुँङ्गाड गर्जे सडक खण्ड उपभोक्ता समिति, सडक काट्न खटेका अपरेटर लगायत ओखलसैनीमा पहिलो पटक गाडी पुगाउने जीप चालक, गाडी धनी लाई फूलमाला सहित स्वागत एवम् सम्मान गरेका छन।
“हरेक किसिमका जोखिम मोल्दै ओखलसैनी सडक पुगाउन सफल भएका छौ, गाउँपालिका प्रवक्ता राम बहादुर धामीले भने, ‘गाउँपालिकाको केन्द्र पुगाउन अब बढिमा ७र८ किलोमिटर निर्माण सम्पन्न गर्न बाँकी छ अब आगामी दिनमा अगाडी निरन्तरता दिन सबैको साथ सहयोग चाहिन्छ।’

प्रतिक्रिया दिनुस