कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित जोगबुडा नदीमा तटबन्ध निर्माणका लागी यस पटक बजेट नहाल्दा स्थानीय निराश भएका छन्। विगत लामो समय देखि दोधारा चाँदनी नगरपालिकाको जोगबुडा नदी पारि बसोबास गर्दै आएका कुतियाकबरवासी जोगबुडा नदी नियन्त्रणको लागी निर्माण भईरहेको तटबन्धमा यस पटक बजेट नराख्दा निराश भएका हुन। राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम अन्तर्गत नदी पारि कुतियाकवर क्षेत्रमा विगतको वर्ष नदी नियनत्रणका लागी दुई सय मिटर तारजाली सहितको तटबन्ध निर्माण भएको हो।

थप कार्यक्रम सहित तटबन्ध नयाँ आर्थिक वर्षमा गरिने आश्वासन पाएका कुतियाकबरका स्थानीय तटबन्ध निर्माणका लागी बजेट नआएपछि निराश भएका छन्।। ‘विगतका धेरै वर्षहरु तटबन्ध निर्माण नभएर बितेका थिए। गएको वर्ष राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत नदी किनारको जोगबुडा नदी क्षेत्रमा करिब दुई सय मिटरको तटबन्ध निमार्ण गर्ने कार्य भएको थियो’, दोधारा चाँदनी नगरपालिका–१० का स्थानीय शिक्षक टंकलाल जोशीले भने– ‘कुनै दिन एक सय घरधुरी भएको कुतियाकवर क्षेत्र अहिले ३५ घरधुरीमा झरेको छ। नदी नियन्त्रणको लागी निर्माण सुरु गरिएको तटबन्ध पनि अधुरै छ।’

बस्ती किनार देखि झोलुङ्गे पुल सम्म मात्रै सानो क्षेत्रमा तटबन्ध बनाइएको उनले बताए। कुतियाकवरका स्थानीयले लामो समय देखि वर्षायाममा जोगबुडा नदीबाट प्रभावित हुनु पर्ने बाध्यता रहेको छ। वर्षा सुरु भएपछि जोगबुडा नदी संगै जोडिएको महाकाली नदी क्षेत्रमा पनि पानीको बहाव बढी भएपछि बस्तीमा डुबान हुने गरेको छ। कुतियाकवर क्षेत्र महाकाली नदी र जगबुडा नदीको दोभान क्षेत्र हो। नदीले भएको जग्गा जमिन पनि कटान गरिदिएपछि स्थानीय नदीको त्रासमा बस्दै आएका छन्।’ वर्षायाममा नदीमा आएको बाढीले गर्दा स्थानीयको अन्नबाली लगाएत मानवीय क्षति पनि हुने गरेको छ। अहिले सम्म नदीका कारण ३०÷४० परिवार विस्थापित भइसकेको बताईएको छ।

प्रतिक्रिया दिनुस