बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै धनगढीमा विद्यार्थीहरुले आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन्। बलात्कार पछि हत्या भएको एक साता पुग्नै लाग्दा पनि पीडित परिवारले अझै न्याय नपाएको भन्दै ऐश्वर्य विद्या निकेतनका बिद्यार्थीहरुले बिहीबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन्।

उनीहरूले पीडित परिवार लाई उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै नाराबाजी सहित आँखामा कालो पट्टी बाँधेर मुख्यमन्त्री कार्यालय र पार्क मोड सम्म पुगेर विरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुस