डडेल्धुराको अमरगढी नगरपालिकाले युवाहरूलाई सिप सिकाई स्वरोजगार बनाउन १० युवायुवतीलाई काठमाडौँ पठाएको छ। ड्राइभिङ, मोटर साइकल मर्मत, मोबाइल मर्मत, इलेकट्रोनिक्स लगायतका सीप सिकाउन बुधवार नगरप्रमुख र उप प्रमुखले टीका लगाएर काठमाडौँका लागि बिदाइ गरेका हुन्।
No description available.
ड्राइभिङ, मोटर साइकल मर्मत, मोबाइल मर्मत, इलेकट्रोनिक्स लगायतका सीप सिकाउन काठमाडौँ पठाएको उप प्रमुख सङ्गीता भण्डारीले जानकारी दिइन्। नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा र उप प्रमुख सङ्गीता भण्डारीले टीका र खादा पहिराएर बिदाइ र सफलताको शुभकामना दिएका थिए। पहिलो चरणमा १० जना पठाइएको छ, फेरि अर्को टिम  लगतै पठाइने नगर प्रमुख ओझाले जानकारी दिए।
प्रतिक्रिया दिनुस