शुक्रबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य बिहीबारको भन्दा ६०० ले कम हो।
बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी बिहीबारको तुलनामा शुक्रबार ५ रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुस