अनुदानमा मल वितरण गरिरहेको कञ्चनपुरको बेतकोट नगरपालिकाले १३ वर्षीया बालीकालाई पनि मलको बोरा थमाएको तस्बिर प्राप्त भएको छ।
बिहीबार नगरपालिकाले किसानलाई प्राङगारिक मल वितरण गर्नेक्रममा १३ वर्षीया बालीका पनि मललिनका लागी लाइन उभिइन्। तस्बिरमा बेतकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले एक बालीकालाई मलको बोरा थमाउन लगाएको देखिन्छ। जुन कृषि उत्पादनका लागि मल वितरण गरिएको नगरपालिकाले जनाएको छ।
उसो त घरमा अभिभावकलाई कृर्षी कार्यमा किसानका छोराछोरी सहयोग गर्दै आइरहेका पाइन्छन्। तर नगरपालिकाले किसानका छोराछोरीलाई अध्ययन क्षेत्रमा पनि अनुदान दिएर शैक्षिक उपलब्धि हासिल गर्नमा सहयोग गर्नुपर्ने स्थानीय बताउँछन्। नगरपालिकाले बिहीबार स्वीट नेपालको सहयोगमा वडा नम्बर ७ र ८ का ३० जना किसानहरू लाई ६० बोरा प्राङगारिक मल वितरण गरेको हो।
नगरपालिको बिहीबार दोस्रो चरणमा दुइवटा वडामा मल वितरण गरिएको जनाएको छ। तर वास्तविक किसानहरूले भने पहुँचमा नपुगेको गुनासो गरेका छन्।
बेतकोट नगरपालिका वडा नम्बर ८ की किसान द्रोपती चन्दले मल लिन वितरण केन्द्रमा पुगे पनि आफूलाई उपलब्ध नगराइएको गुनासो गरिन्। उनले भनिन्–‘स्थानीय पुष्पा साउद र म मललिन भनी गएका थियौ, तर तपाईँहरूका लागी छैन कल्ले भन्यो मल वितरण भइरहेको छ भनेर फर्काइयो।’उनले आफूहरू वर्षाेदेखी तरकारी खेती गर्दे आइरहेको बताइन्।
तर नगरपालिकाले मल वितरणमा विभेद गरेको उनको गुनासो छ। उनले वास्तविक किसान भन्दा गैर किसान प्रार्थमीकतामा परिरहेका आरोप समेत लगाए।
तर बेतकोट नगरपालिकाले भने छनौटमा परेका किसानलाई कृर्षी पकेट क्षेत्रका ३० घरधुरीलाई मल वितरण गरिएको जनाएको छ। बेतकोट नगरपालिकाकी उपमेयर सुशीला सिंहले स्वीट नेपालको सहयोगमा छनौटमा परेका किसानलाई मात्रै मल वितरण गरिएको बताइन्। उनले भनिन्–‘घरमा कोही नभएका बेला कसैका छोरा–छोरी आएका हुनसक्छन, मल चाही वास्तविक किसानलाई मात्रै वितरण गरेका हौ।’
प्रतिक्रिया दिनुस