बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको ९ दिन बितिसक्दा समेत प्रहरीले हत्यारा पहिचान गर्न सकेको छैन। उक्त हत्या प्रकरणको विभिन्न कोण बाट अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। सामाजिक सञ्जाल फेसबुकमा पनि अभ्यस्त भइरहेकी भागरथीले फेसबुकमा राखेको स्ट्याटस ‘त्यो चिजलाई आदत बनाउन छोडिदिनुस्, जुन पछि गएर आफ्नो कमजोरी बनोस्’ले नयाँ खुलासा गरेको छ।

तर उनले राखेको त्यो स्ट्रटसले कुन कुरालाई महत्त्वपूर्ण रूपले दर्साउन खोजिएको हो भन्ने अनुसन्धानको विषय बनेको प्रहरीले जनाएको छ। उनले भविष्यमा गएर कमजोरी बन्नपुगोस भन्ने वाक्यांशले कहीँ उनी पूर्व त्रासमा थिइनन् भन्ने आशङ्का उब्जाएको छ। उनले ४ महिना पहिले उक्त स्ट्याटस फेसबुकमा राखेकी थिइन्। प्रहरीले उक्त स्ट्याटसको आशय बुझ्ने प्रयास भइरहेको जनाएको छ।

उनले त्यतीमात्रै होइन फेसबुक टाइमलाइनमा ‘मन हो एक पटक मरेपछि सकियो, बिरुवा होइन जुन बारम्बार पलाइरहने।’ राखेकी छन्। भूमिका भट्ट नामबाट खोलिएको फेसबुक आइडीमा यी दुई वाक्यासंले एउटै विषयमा केन्द्रित गरिएको बुझिएको प्रहरीले जनाएको छ।
भूमिकाको फेसबुकमा भविष्यमा जटिलता होस र मन हो एक पटक मरेपछि सकियो, भन्ने वाक्यांशले कहीँ भूमिका कुनै भयले त गुज्रिरहेकी थिइनन् भन्ने आशङ्का प्रहरीले गरेको छ।

फेसबुकमा लेखेका आशयको अनुसन्धान थालिसकेका छौ। प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने नजिकका आफन्त र साथीहरू सँग सोधपुछ गर्नै कार्य भइरहेको छ। ’
घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), सुदूरपश्चिम प्रदेश प्रहरीको टोली, चिकित्सक लगायत खटिएका छन्। घटनास्थल लवलेक जङ्गलको नजिकै रहेको खोचलेक बजारमा १ सय भन्दा बढी प्रहरी खटिएका छन्। सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी आफै माघ २३ गतेदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन्। तर पनि अपराधी पत्ता लाग्न सकेको छैन।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार घटना माघ २१ गते अपराह्न २ देखि ३ बजेको समयमै भएको थियो। किनभने उक्त समयमै भागरथीको मोबाइलको स्विच अफ भएको थियो। त्यस कारण अपराधीले भागरथीको बलात्कारपछि हत्या गरे लगत्तै मोबाइलको ब्याट्री निकालेर फलिदिएको प्रहरीको दाबी छ। तर घटनास्थल हेर्दा पातलो सल्लाको रुख भएको जङ्गलमा दिउँसै बलात्कार र हत्या गर्न सक्ने सम्भावना ज्यादै न्यून छ। त्यस कारण कतै कुनै व्यक्तिले फकाएर वा अपहरण गरेर दिनभर कतै राख्ने र साँझ वा रातीको समयमा घर पुराइदिन्छु भन्दै बाटोमै पुनः बलात्कार गरी प्रमाण खुल्ने डरले हत्या त गरिएको होइन आशंका पनि गरिएको छ। पीडित भागरथीका काका शिवराज भट्ट पनि अपराधीले अपहरण गरी दिनभर कतै राखेर बलात्कार गरेको र साँझ घर पु¥याइदिन्छु भन्दै पुनः बलात्कार गरी हत्या गरेको हुनसक्ने शङ्का गर्छन् ।

शिवराजका अनुसार मानिसहरूको आवतजावत भइरहने स्थान भएकाले अपरान्हकै समयमा उक्त स्थानमा दिउँसै बलात्कार र हत्या गर्ने सम्भावना कम नै देखिन्छ।तर अपराधमा कति जना संलग्न थिए भन्ने प्रहरीले छुट्याउन नसकिएको जनाएको छ। फरेन्सिक रिपोर्टको पर्खाइमा रहेको प्रहरी त्यसपछि मात्रै घटनामा एकै व्यक्तिको संलग्नता वा धेरै थिए भन्ने यकिन हुने बताउँछन्। प्रहरी अनुसन्धानको महत्त्वपूर्ण कडीका रूपमा व्यग्र प्रतीक्षा गरिएको भेजाइनल स्वाबको रिपोर्ट हेरेपछि मात्रै घटनामा एकै व्यक्ति वा अन्यको पनि संलग्नता थियो भन्ने यकिन हुने प्रहरीको भनाइ छ।

अनुसन्धानको घेरा साँघुरियो

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदीले अनुसन्धानको घेरा साँघुरिएको र आफूहरू अपराधीको नजिकै पुगिसकेको बताएका छन्। प्रहरीले ज्यादै सूक्ष्म ढङ्गले घटनाको अनुसन्धान गरिरहेको उनले बताए। घटनास्थल सुरक्षादेखि प्रमाण सङ्कलनमा कहीँ कुनै त्रुटि हुन नदिई सुरक्षा दिएर डाक्टर, वकिल, सोको टिम सबै राखेर स्थानीयकै रोहवरमा घटनास्थल प्रकृति मुचुल्का तयार पारिएको उनको भनाइ छ। उनका अनुसार अनुसन्धानको घेरा सुरुमा धेरै ठुलो भएकामा अहिले सानो घेरामा आइपुगेको छ। सुवेदीका अनुसार सबुत प्रमाणसहित दोषीलाई चाँडो भन्दा चाँडो पक्राउ गरी सार्वजनिक गरिनेछ ।

झन्डै २ दर्जनमाथि सोधपुछ

प्रहरीले झन्डै दुई दर्जन व्यक्तिहरूमाथि प्रारम्भिक सोधपुछ गरेको र अनुसन्धानका लागि गर्नुपर्ने काम गरिरहेको जनाएको छ। उनले चाँडो अनुसन्धान टुङ्ग्याउने र निष्कर्ष निकाल्ने गरी काम गरिरहेको बताए।

प्रतिक्रिया दिनुस