चीन सरकारले बीबीसी वर्ल्ड न्यूजलाई प्रशारणमा रोक लगाएको छ । दुई महिनामा बीबीसीले चीनसँग जोडिएका केहि खुलासा गरेको थियो । बीबीसीले आफ्नो एक रिपोर्टमा कोरोना भाइरसको मामिलामा चीनले कसरी बास्तविकता लुकायो भन्ने बताएको थियो ।
त्यस्तै गत हप्ता बीबीसीले एक रिपोर्टमा चीनमा उइगर मुस्लिमको डिटेन्शन क्याम्पमा महिलाहरुलाई सामूहिक बलात्कार गरेको रिपोर्ट प्रकाशित गरेको थियो । त्यस्तै चीनले भने बीबीसीले झुटो अफवाह फैलाएको बताएको छ ।
बीबीसीको खबरमा कुनै सत्यता नरहेको चीनले बताएको छ ।
प्रतिक्रिया दिनुस