बैतडीमा एक कर्मचारी मृत फेला परेका छन्। जिल्लाको सिगास गाउँपालिका – ८ स्थित शिवलिंग स्वास्थ्यचौकीमा कार्यरत ४५ बर्षीय रामसिंह ऐर जेवलाखान भीरबाट करीब ३ सय मिटर तल मृत फेला परेका हुन्।
यही माघ २७ गते कार्यालयबाट घरफर्केका ऐर घरमा नपुगेपछि खोजतलास गर्दा शुक्रबार बिहान आठ बजेतिर मृत फेला परेका बैतडी प्रहरीले जनाएको छ। शिवलिंग प्रहरीचौकीबाट खोजतलासका लागि खटिएको टोलीले जेवलाखान भीरबाट करीब ३ सय मिटर तल ऐरको शव फेला पारेको हो। ऐरको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली खटिएको छ।
प्रतिक्रिया दिनुस