आफ्नै बाबुले गुण्डा लगाएर छोरा, छोरी र श्रीमतीमाथि कुटपिट गरेका छन् । अंशबन्डा मुद्दामा शेयर बाँडफाँडको भाग खोज्न जाँदा उनीहरूलाई कुटपिट गरिएको हो । मिनभवनस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमी कलेज अफ ल को परिसर भित्रै एकेडेमीका सञ्चालक देवेन्द्र भण्डारीले गुण्डा बोलाएर शेयरधनीहरु निरमाया भण्डारी, अल्पना भण्डारी, स्वेता भण्डारी र उनका छोरा निरज भण्डारीमाथि कुटपिट गरेका छन् ।
उक्त एकेडेमीको नाममा रहेका शेयरहरु अल्पना, नरमाया र स्वेताको नाममा ६२ हजार पाँच सय कित्ता कायम भएको थियो । नरमाया देवन्द्रको साली हुन् । सुरुमा देवेन्द्रले सबै सम्पत्ति किर्ते गरेर हत्याउने प्रयास गरेपछि उनका परिवार अदालतको पुगेका थिए ।गुण्डाले कुटेर निजरको नाक, आँखा र दाँतमा चोट लागेको छ । अश्लील शब्दमा उत्रिएका देवेन्द्रका गुण्डाहरूले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थल पुगेको थियो । तर, कुटपिटमा संलग्न भागिसकेका थिए।