कैलालीको सारथी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। लायन्स क्लब धनगढी सारथीको आयोजनामा फागुन १ गते शनिबारका दिन स्वास्थ्य शिविर हुन लागेको हो।
सुगर, दम र प्रेसरका विरामीहरुलाई शनिबार विहान साढे १० बजेदेखि निशुल्क चेकजाँच हुन लागेको क्लबले जनाएको छ। विशेषज्ञ चिकित्सकहरुद्धारा चेकजाँचका साथै औषधी पनि निशुल्क वितरण गरिने लायन्स क्लब धनगढी सारथीले जनाएको छ।
प्रतिक्रिया दिनुस