बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन नेपाली कांग्रेसले पार्टी नेतालाई खटाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो। उनी शुक्रबार नै बैतडी पुग्दैछन्।

घटना भएको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नुले परिवारजनले पिडामाथि पीडा थप्ने काम भएको कांग्रेसले बताएको छ। साथै अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुस