नेपाल जनपत्रकार संगठन सेती महाकाली ब्युरोमा प्रकाश थापाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ। उक्त भेला बाट संगठनको आगामी नीति तथा कार्यक्रम घोषणा गरिएको छ।

आज भएको उक्त भेला मार्फत वैशाख २५ र २६ गते हुन लागेको नेपाल जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलन लाई मध्यनजर गर्दै प्रत्येक जिल्ला हरुमा जिल्ला भेला गर्ने ,संगठन विस्तार गर्ने , संगठनको सदस्यता दिने र सम्मेलनको पूर्व तयारीमा लाग्ने निर्णय गरिएको छ। उक्त भेलामा नेपाल जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्मा पनि उपस्थित रहेका थिए।

केन्द्रिय संयोजक विश्वकर्मा का अनुसार लामो समयदेखि पदाधिकारी विहिन बनेको हाम्रो पिर्य संगठन विभिन्न गरीब, निमुखा , श्रमजीवी , उत्पीडित, पिछडिएका लगायत सबै वर्गको आवाज विहिन हरुको आवाज बन्न र तथ्य मा टेकी सत्य पत्ता लगाउने आम नागरिकको पहुँचको माध्यम बनाउने कुरा पनि बताउनु भएको छ। राष्ट्रिय सम्मेलन लाई सभ्य र भव्य बनाउनका लागि सबै जिम्मेवारीमा रहनु भएका सम्पूर्णमा जिम्मेवारी बोध भएर लाग्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुस