भागरथी भट्टको हत्या प्रकरणका बिषयमा सत्यतथ्य बुझ्न नेपाली कांग्रेस केन्द्रिय समितिले खटाएका नेता बैतडी पुगेका छन्। कांग्रेसले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई घटनाका बारेमा अनुसन्धान गर्न स्थलगत अध्ययनका लागि खटाएको हो। पार्टीको निर्णय पछि भागरथी हत्याका बिषयमा अध्ययन गर्न नेता लेखक शुक्रबार साँझ बैतडी पुगेका हुन्।

नेता लेखकले घटनाकाबारेमा शनिबार कांग्रेसका जिल्ला स्थित नेताहरुसंग छलफल गरेको स्वकीय सचिव जनक भट्टले जानकारी दिए। नेता लेखकले आज नेताहरुसंग छलफल गरेर भोली स्थलगत रुपमा अध्ययनका लागि दोगडाकेदार पुग्ने कार्यक्रम रहेको उनले बताए। अध्ययनका क्रममा देखिएका बिषयवस्तु समेटेर नेता लेखकले पार्टीको केन्द्रिय समितिलाई प्रतिवेदन बुझाउनेछन्। पछिल्लो समयमा महिलामाथि हत्या, हिंसा बलात्कार जस्ता घटना बढेका भन्दै कांग्रेसले सरकारलाई सचेत समेत गराएको छ।

प्रतिक्रिया दिनुस