दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माणाधिन विद्युतको नहरको पर्खाल भत्किदा २ जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर ६ मज्जेमा निर्माण भइरहेको मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल निर्माण गर्ने क्रममा शनिबार विहान निर्माणाधिन पर्खाल भत्किदा मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका अन्दाजी ४५ बर्षिय बल्देव महरा र अपि हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी अन्दाजी ४० बर्षिया गोमती धामीका ज्यान हो।

प्रहरीका अनुसार भिरमा पर्खाल निर्माण गरिरहेको बेला एक्कासी पर्खाल भत्किदा उनिहरुको ज्यान गएको हो। घट्नाको थप अनुसन्धानको लागीे ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमल बहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएकोे छ ।

प्रतिक्रिया दिनुस