पर्यटन पूर्वाधार, पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले बैतडीमा थप ४ ओटा गन्तव्य स्थल छानिएका छन्। स्थानीय पालिकाहरुको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न परियोजना र आयोजनाहरु छनोट गरेको हो। मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा बैतडीको मेलौली भगवती मन्दिर जानेबाटो निर्माण,पार्क निर्माण र घेरपर्खाल निर्माण कार्य छनौट भएको छ।

यस्तै रुद्रेश्वर –डिलाशैनी पदमार्ग निर्माण, दोगडाकेदारधाम पर्यटन प्रवद्र्धन र पञ्चेश्वर पर्यटन प्रवद्र्धन आयोजना छनौट भएका मन्त्रालयले जनाएको छ। मेलौली भगवती मन्दिरका लागि ७ करोड, रुद्रेश्वर –डिलाशैनी पदमार्गका लागि ४ करोड ५७ लाख, दोगडाकेदार धाम पर्यटन प्रवद्र्धनका लागि ४ करोड ९७ लाख र पञ्चेश्वर पर्यटन प्रवद्र्धनका लागि २ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ। यसमा सम्बन्धित पालिकाको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत बजेट समावेश गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुस