नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा शुक्रबार सुन १ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन पनि शुक्रबारको तुलनामा १ सय रुपैयाँले घटेको छ । शुक्रबार ९० हजार ४ सयमा कारोबार भएको तेजाबी सुन शुक्रबार ९० हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी भने शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १८२४।७७ डलर र चाँदी प्रतिऔंस २७।३६ डलरमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुस