के तपाईं सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ रु यदि चाहनुहुन्छ भने निःशुल्क सीप तालिम सञ्चालन भइरहेका छन् ।
सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहनेरुको लागि खान बस्नसहित निःशुल्क सीपमुलक तालिम सिकाउन लागेको छ ।

डकर्मी, स्काफोल्डिङ, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन र गार्मेन्ट गरि ६ प्रकारका निस्शुल्क तालिम दिन लागेको हो । गार्मेन्ट तालिम सिकेर जोर्डन जानको लागि लगानी नलाग्ने सामीले जनाएको छ । १९ देखि ३५ वर्ष उमेरसमुहका पुरुष र १९ देखि ३० वर्ष उमेर समुहका महिला तालिममा सहभागी हुन सक्नेछन् । यस्तै सामान्य लेखपढ गर्न जान्ने देखि १० कक्षासम्मको शैक्षिक योग्यता तोकिएको छ । काठमाण्डौ धनुषा र झापाका विभिन्न ठाउँमा तालिम सञ्चालन गरिने सामीले जनाएको छ ।

केही ठाउँमा तालिम सुरु भइसके पनि धेरै ठाउँमा तालिम सञ्चालनको तयारीमा रहेकाले समयमै आवेदन भरेर आफ्नो सीट सुरक्षित गर्न सामीले आग्रह गरेको छ । सीप सिकेर विदेश जाँदा भनेको काम सजिलै पाइन्छ र काम गर्दा दुःख हुँदैन । कमाइ पनि राम्रो हुन्छ । विभिन्न प्रकारका ठगीबाट पनि बच्न सकिन्छ ।

त्यसैले नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले निस्शुल्क रुपमा यस्ता तालिम दिदै आएको छ । तालिम सम्बन्धी थप जानकारीको लागि ९८४०२४८९३४ मा सम्पर्क गरेर बुझ्न सकिने सामीले जनाएको छ ।

प्रतिक्रिया दिनुस