कञ्चनपुरमा चौलानी इन्सीच्युडका प्रबन्धक ललित सिंह साउदले एक पुर्वशिक्षक माथि रड प्रहार गरी घाइते बनाएका छन्। आइतबार चौलानी इन्सीच्युडका पूर्व शिक्षक नरेन्द्र सिह भण्डारीलाई फारवस्ट क्याफे भाषीमा सामान्य छलफलका लागी भन्दै बोलाएका प्रबन्धक साउदले एकाएक कुटपिट गर्दा भण्डारी शक्त घाइते भएका हुन्।
भण्डारीको महाकाली अस्पतालमा उपचार भइरहेको छ। उनको आँखा, ढाड र टाउकोमा चोट रहेको महाकाली अस्पतालले जनाएको छ। थप उपचारका लागी धनगढी पठाउनु पर्ने अवस्था आएको अस्पतालले जनाएको हो।
झुक्काएर बोलाएका साउदले कुटपिट गरे– भण्डारी
महेन्द्रनगरमा सञ्चालित चौलानी इन्सीच्युडले बालबालीको भविष्यमाथि खेलवाड गरिरहेको गुनासो बढ्दै गएको छ। होटेल म्यानेजमेन्ट भन्दै विद्यार्थी भर्ना गरिसकेपछि अनेक बहानामा परीक्षामा सामेल नगराउने, विद्यार्थीहरूलाई झुक्याउदै रकम असुल्ने प्रवृत्ति बढ्दै गएको गुनासो विद्यार्थीहरूले गरेका हुन्।
विद्यार्थीहरूको भविष्यमाथि खेलवाड नगर्न विरोध जनाउँदै आएका इन्सीच्युटका पूर्व शिक्षक नरेन्द्र सिह भण्डारीले भने,–‘ आज एकाएक सामान्य छलफलका लागी भन्दै बोलाएर ४–५ जना मिलेर रड प्रहार गरे।’
चौलानी इन्सीच्युडले करिब सय बढी किशोर–किशोरीको भविष्यमाथि खेलवाड गरिरहेको उनी बताउँछन्। उनले भने,–‘गलतको विरुद्धमा आवाज उठाउँदा आज म माथि कुटपिट गरियो।’
यस अघि अमित नाम गरिएका विद्यार्थीको सो इन्सीच्युडले दबाबमा परेर ४० हजार फिर्ता गर्नुपरेको उनी बताउँछन्। चौलानी इन्सीच्युडले वर्षाेदेखी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरिरहँदा समेत नियमनकारी निकाय भने मौन रहेको पूर्व शिक्षक भण्डारीले गुनासो गरे।
कालापानी अनलाइन खबर सँगको कुराकानीमा चौलानी इन्सीच्युटका प्रबन्धक साउदले विवाद उत्पन्न भएपछि कुटपिट गरिएको बताए। कानुनको ठाडो उल्लङ्घन गर्दे साउदले दादागिरी शैलीमा गरेको कुटपिट अमानवीय, अर्मयादीत रहेको पीडितका दाइ दीपकले गुनासो गरे।
प्रहरीले जाहेरी लिन मानेन
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भण्डारीमाथि भएको कुटपिटको जाहेरी लिन नमानेको गुनासो गरिएको छ। नरेन्द्रका दाइ दीपक भण्डारीका अनुसार चौलानी इन्सीच्युटका प्रबन्धक विरुद्ध न्यायका लागी प्रहरीमा गएपछि प्रहरीले जाहेरी लिन सिधै अस्वीकार गरेको छ। प्रहरीले जाहेरी लिन कार्यालय समयमा आउन भनी पठाएको गुनासो गरिएको हो।
तर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले भने दुइटै पक्षबाट वडा प्रहरीमा ठाडो उजुरी आएको जानकारी प्राप्त भएको बताए। उनले वास्तविकता बुझी कारबाहीको दायरामा ल्याइने बताए।
प्रतिक्रिया दिनुस