बैतडीमा छोरीहरूले आफ्नो बुवालाई दागबत्ती दिएका छन्। छोरीले शवलाई छुनु हुँदैन भन्ने मान्यतालाई चिर्दै सिगास गाउँपालिका ७ का मृतक राम सिह ऐरका छोरी महेश्वरी, भतिजीहरू वर्षा र दुर्गा ऐरले मृतकका बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका हुन्।
महिलाले पार्थिव शरीरलाई छुनु हुँदैन भन्ने गलत मान्यता हटाउँदै आफूहरूले बुवाको पार्थिव शरीरमा दागबत्ती दिएको मृतककी छोरी महेश्वरी ऐरले बताइन्। उनले भनिन् ‘हामी पनि सन्तान हौँ। सन्तानले दागबत्ती दिने कुरा शास्त्रमा उल्लेख गरिएको छ।’मृतक रामसिंह ऐरकी जेठी छोरी महेश्वरी भीमदत्त प्राविधिक शिक्षालयमा अध्ययनरत छन्। मृतक ऐरका एक सात वर्षीय छोरा छन्।
शिवलिंग स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षीय राम सिह ऐर गएको माघ ३० गते वडा नं ८ को भौनेलीमाण्डौ नजिकको छाप्लेधारको भिरमा मृत फेला गरेका थिए। माघ २७ गते कार्यालयबाट घर फर्केका ऐर तीन दिन पछि मृत फेला परेका हुन। मृतकको शव पोस्टमार्टम पछि आफन्तले अन्तिम संस्कार गरेको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।
प्रतिक्रिया दिनुस