बलात्कार पछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाँउपालिका चढेपानीकी १७ बर्षिया छात्रा भागरथी भट्टको परिवारलाई प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले दुई लाख रुपैया आर्थिक राहत सहयोग गरेको छ। काँग्रेस केन्द्रीय समिति सदस्य एव पुर्वमन्त्री रमेश लेखकलाई काँग्रेस केन्द्रीय समितिले घटना बुझ्नका साथै काँग्रेसका तर्फबाट राहत सहयोगका लागि बैतडी पठाएको थियो।
बैतडी पुगेका काँग्रेस नेता लेखकले मृतक भट्टको परिवारलाई राहत स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको नेपाल टे«ड यूनियन काँग्रेस केन्द्रीय सदस्य तथा कञ्चनपुर काँग्रेंस नेतृ निलम लेखकले बताईन्। नेतृ लेखकका अनुसार काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले घटना स्थल, घर परिवार आफन्त, छरछिमेकी राजनीतिक दल, प्रशासन सुरक्षा निकायसंग समेत घटना बारे बुझेका छन।
प्रतिक्रिया दिनुस