भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन्। आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार गर्नु ग्रहण भएको हो । अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताए ।

उनले भने, “भुमि सम्बन्धि लामो समयदेखिको समस्या समाधानमा हामी केन्द्रित हुने छौँ, सबैको साथ र सहयोग आवश्यक हुने छ ।” यसैगरी उक्त आयोगका बिज्ञ तथा पत्रकार पालीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आफुहरु सोही अनुसारको काममा बढी खटिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुस