दार्चुलामा जंगली बँदेलको आक्रमण बाट तीन जना घाइते भएका छन्। सोमबार बिहान जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मल्बावमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका हुन्। बँदेलको आक्रमण बाटस्थानीय १६ बर्षीय गोविन्द धामी, ७५ बर्षीया धौली धामी र अन्दाजी २० बर्षीय अनिल धामी घाइते भएको बैतडी प्रहरीले जनाएको छ।
बिहान जङ्गलबाट गाउँमा पसेको बँदेलले गोविन्दलाई घर आगनमै आक्रमण गरेको र नातीलाई बदेलबाट बचाउन खोज्दा हजुर आमा धौली धामी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हो।
त्यस्तै गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने अनिलको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचार पछि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ। गाउँ पसेको बदेललाई स्थानीय युवाहरुले मारेर प्रहरीलाई बुझाएको बताएका छन।