
संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका उपाध्यक्ष नरेन्द्र सिह भण्डारीमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई इस्टुले कारबाहीको माग गरेको छ।
आइतबार (हिजो) सामान्य भेटघाटका लागी भन्दै बोलाएका चौलानी टेक्निकल इन्सीच्इुटका संस्थापक ललित सिंह साउदले भण्डारीमाथि गरिएको कुटपिट अमानवीय घटना घटेकाले हदै सम्मको कारबाहीका लागी संस्थागत विद्यालय शिक्षक युनियनले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो।
संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) ले सोमबार प्रेस विज्ञप्ति जारी चौलानी टेक्निकल इन्सिट्युटका शिक्षक भण्डारीलाई इन्सिट्युटबाट निष्कासित गरेर उल्टै कुटपिट गर्ने अमानवीय घटना घटेकाले निष्पक्ष तथा सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गरेको छ।
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष चन्द्र सिंह धामी र सचिव शङ्कर दत्त जोशीद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘फागुन २ गते साँझ चौलानी टेक्निकल इन्सिट्युटका संस्थापक ललित सिंह साउँदले इस्टु कञ्चनपुरका जिल्ला उपाध्यक्ष नरेन्द्र सिंह भण्डारीलाई भासी स्थित फारवस्ट क्याफेमा बोलाई साङ्घातिक कुटपिट गरेकाले उक्त घटना प्रति इष्टु कञ्चनपुरको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा कुटपिटमा संलग्नलाई हदै सम्मको कारबाहीका लागी माग गरिएको छ।

यस अघि पीडित परिवारले कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन।
पीडितका दाइ दीपक भण्डारीले दादागिरी शैलीमा नरेन्द्रमाथी गरिएको कुटपिट अमानवीय भएको भन्दै दोषी माथि कारबाहीका लागी प्रहरीमा उजुरी दिए पनि दर्ता नगरिएको गुनासो गरे।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी अमरबहादुर थापा क्षेत्रीले ठाडो उजुरी आएकाले बुझ्ने कार्य भइरहेको बताए।
थप समाचार
प्रतिक्रिया दिनुस