महेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाका बलराम राना रहेका छन्।

रानाको घरबाट ४ सय मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। रानालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुस